![]()
एजेन्सी । नेपाली युवा ब्याट्सम्यान रोहित कुमार पौडेल एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गर्ने विश्वकै चौथो कान्छा खेलाडी बनेका छन्। नेपालको पहिलो ऐतिहासिक एक दिवसीय सिरिज अन्तर्गत नेदरल्याण्ड्स विरुद्ध भएको दोस्रो खेलमा डेब्यू गर्दै उनले यो कीर्तिमान बनाएका हुन्।
रोहित १५ वर्ष ३३५ दिनको उमेरमा ओडिआईमा डेब्यू गरेका हुन्। उनले आफ्नो पहिलो एक दिवसीयमा १५ बल खेल्दै १ चौकासहित ६ रन बनाए।
रोहितले गत फेब्रुअरीमा नामिबियामा भएको आइसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन टू मार्फत नेपालको सिनियर राष्ट्रिय टोलीमा डेब्यु गरेका थिए।
ओडिआईमा डेब्यु गर्ने सबैभन्दा कान्छा खेलाडी पाकिस्तानका हसन राजा हुन्। यस्तै केन्याका गुरदिप सिंह र क्यानडाका नितिश कुमारले पनि रोहित भन्दा कम उमेरमा ओडिआईमा डेब्यु गरेका थिए।


