Breaking News.... EverestOnlineKhabar
October 2, 2026

ट्रम्पलाई कमजोर मूल्यांकन नगर्न चीनलाई चेतावनी

Loading

बीबीसी । अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसका उच्च आर्थिक सल्लाहकारले  चीनले नयाँ व्यापार करसम्बन्धी दिएको चुनौतीबारे जवाफ दिँदै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कमजोर मूल्यांकन नगर्न चेतावनी दिएका छन् ।

आर्थिक सल्लाहकार ल्यारी कुड्लोले ट्रम्पले उचित प्रतिक्रिया दिने बताएका हुन् । अमेरिकी ब्लुमवर्ग टेलिभिजनसँगको कुराकानीमा आर्थिक सल्लाहकार ल्यारी कुड्लोले भने–‘चिनियाँहरूले राष्ट्रपति ट्रम्पलाई अघि बढ्न सक्नु हुन्नहोला भनेर कम नआँक्नु राम्रो होला ।’

कुड्लोको यो प्रतिक्रिया बेइजिङले अमेरिकी प्रशासनले चीनमाथि लगाएको थप व्यापार करबारे चेतावनी दिँदै अमेरिकी सामानमा अर्को ६० अर्ब अमेरिकी डलर बराबरको व्यापार कर लगाउने बताएको केही समयमै आएको हो ।

ट्रम्पले विशेषगरी चीनलाई लक्षित गरी नयाँ व्यापार नीति ल्याएपछि चीनले अमेरिकी सामानमा नयाँ कर लगाउने बताएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed