Breaking News.... EverestOnlineKhabar
October 2, 2026

पहिरो पन्छाएपछि नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी संचालनमा

Loading

चितवन । चितवनको भरतपुर महानगरपालिका–२९ घुमाउनेमा पहिरो खस्दा अवरुद्ध भएको नारायणगढ­मुग्लिन सडकखण्ड चार घण्टापछि एकतर्फी सञ्चालनमा आएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार शनिबार बिहान खसेको पहिरोका कारण अवरुद्ध हुन पुगेको सडक दिउँसोबाट  सञ्चालनमा आएको हो ।

पहिरो खसेको स्थानमा  ढुंगा खस्ने क्रम भने जारी नै छ । लोडरको सहायताले पहिरो पन्छाएर गाडी दुईतर्फी बनाउने प्रयास जारी रहेको प्रहरीले जनाएको छ । पहिरो खसेपछि प्रहरीले काठमाडौँबाट आउने गाडीलाई मुग्लिनमा र चितवनबाट जाने गाडीलाई सिमलतालमा रोकेको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed