![]()
चितवन । चितवनको भरतपुर महानगरपालिका–२९ घुमाउनेमा पहिरो खस्दा अवरुद्ध भएको नारायणगढमुग्लिन सडकखण्ड चार घण्टापछि एकतर्फी सञ्चालनमा आएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार शनिबार बिहान खसेको पहिरोका कारण अवरुद्ध हुन पुगेको सडक दिउँसोबाट सञ्चालनमा आएको हो ।
पहिरो खसेको स्थानमा ढुंगा खस्ने क्रम भने जारी नै छ । लोडरको सहायताले पहिरो पन्छाएर गाडी दुईतर्फी बनाउने प्रयास जारी रहेको प्रहरीले जनाएको छ । पहिरो खसेपछि प्रहरीले काठमाडौँबाट आउने गाडीलाई मुग्लिनमा र चितवनबाट जाने गाडीलाई सिमलतालमा रोकेको थियो ।


