Breaking News.... EverestOnlineKhabar
August 16, 2026

आफूविरुद्धका फौजदारी अभियोगहरू खारेज गर्ने प्रयासमा निर्देशक हार्भी

Loading

एजेन्सी ।हलिवूड चलचित्रका निर्माता हार्भी वाइन्स्टिनले आफूविरुद्धका फौजदारी अभियोगहरू खारेज होऊन् भन्ने प्रयास गरिरहेका छन्।  उनका वकिलहरूले उनले बलात्कारको आरोप लगाएकी एकजना महिलाबाट ‘अन्तरङ्ग’ कुराकानीसहितको इमेल प्राप्त गरेको भन्दै प्रतिरक्षा प्रस्ताव दर्ता गरेका छन्।

वाइन्स्टिनको टोलीले अभियोजनकर्ताहरूले प्रमाणहरू न्यायाधीशहरूको समूह ‘ग्राण्ड जुरी’लाई उपलब्ध गराएको भए पनि हुने भन्ने धारणा पनि राखेका छन्। वाइन्स्टिनले तीन फरक महिलाहरू समावेश भएको ६ वटा अभियोगमा आफू दोषी नभएको बताएका छन्।

वाइन्स्टिनका वकिलहरूले मुद्दामा शृङ्लाबद्ध विफलता भएको भन्दै यसको प्रारम्भिक चरणमै खारेज हुनुपर्ने धारणा पनि राखेका छन्। उनीहरूले न्यूयोर्कस्थित न्यायाधीशलाई वाइन्स्टिनले बलात्कार गरेको भनी आरोप लागेका थुप्रै महिलामध्येकी एक उनीसँग लामो सम्बन्धमा रहेको र बलात्कारका कुनै पनि प्रमाणहरू सार्वजनिक नभएको बताएका छन्।

वाइन्स्टिनले ७० जनाभन्दा बढी महिलाबाट अभियोगहरू खेपिरहेका छन्। उनले विना सहमति कुनै पनि महिलासँग शारीरिक सम्बन्ध नबनाएको पनि बताएका छन्। उनका वकिलहरूले आरोप लागेको एउटा अपराध बारेको हदबन्दीसम्बन्धी मुद्दा पारित भएको जनाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.