Breaking News.... EverestOnlineKhabar
October 2, 2026

जिम्बाबे निर्वाचनः सत्तारुढ दल जानु–पिएफको अग्रता

Loading

बीबीसी । जिम्बाबेको निर्वाचन आयोगले  सार्वजनिक गरेको मतगणनाको ताजा विवरण अनुसार सत्तारुढ पार्टी जिम्बाबे अफ्रिकन नेसनल युनियन–प्याट्रिओटिक फ्रन्ट (जानु–पिएफ) ले संसदमा अग्रता बनाएको छ। राष्ट्रिय सभाका घोषित ४८ स्थानमध्ये जानु–पिएफले ३६ स्थानमा विजय हासिल गरेको छ।

विपक्षी दल मुभमेन्ट फर डेमोक्रेटिक चेन्ज (एमडीसी) को गठबन्धनले ११ स्थान र नेसनल पेट्रिओटिक फ्रन्ट (एनपीएफ) ले एक स्थान जितेको छ। आयोगले कूल २१० स्थान रहेको राष्ट्रिय सभामा बुधबारसम्म १६२ स्थानको नतिजा सार्वजनिक गर्ने जनाएको छ।

तर राष्ट्रपतिको निर्वाचनको मतपरिणाम भने मुलुकभरको मतगणना समाप्त भएपछि मात्र घोषणा गरिने आयोगले बताएको छ। राष्ट्रपतिमा सत्तारुढ दल जानु–पिएफका नेता एवं वर्तमान राष्ट्रपति इमर्सन मान्गाग्वा र एमडीसीका नेता नेल्सन चामिसा चुनावी मैदानमा छन्।

कानुन अनुसार, निर्वाचन आयोगले शनिबारभित्रै निर्वाचन परिणाम घोषणा गर्नुपर्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed