Breaking News.... EverestOnlineKhabar
August 16, 2026

Loading

बीबीसी । उत्तर र दक्षिण कोरियाका उच्च सैनिक नेतृत्वबीच सीमावर्ती सहर पानमुनजोममा वार्ता भएको छ। अप्रिल महिनामा दक्षिण कोरियाली राष्ट्रपति मुन जाय–इन र उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ–उनबीच भएको शिखर बैठकको सम्झौता कार्यान्वयन गर्ने गरी दुई देशका सैनिक अधिकारीबीच वार्ता भएको कोरियाली समाचार एजेन्सी योन्हापले जनाएको छ।

दुई कोरियालाई छुट्याउने गैरसैनिक क्षेत्र (डिएमजेड)मा रहेको दक्षिण कोरियाली शान्ति भवनमा दुई देशका उच्च सैनिक अधिकारीबीचको बैठक भएको बताइएको छ ।

वार्तामा दक्षिण कोरियाबाट पाँच सदस्यीय उच्च सैनिक नेतृत्व सहभागी रहेको बताइएको छ । उत्तर कोरियाका तर्फबाट लेफ्टिनेन्ट जनरल आन इक–सानको नेतृत्वमा प्रतिनिधिमण्डल सहभागी भएको योन्हापले उल्लेख गरेको छ । पर्यवेक्षकहरुका अनुसार, दुवै पक्षले पानमुनजोमको संयुक्त सुरक्षा क्षेत्र (जेएसए)लाई हातहतियारविहीन बनाउनेतर्फ विचार आदानप्रदान गर्न सक्नेछन् ।

उनीहरुले डिएमजेडलाई ‘शान्ति क्षेत्र’का रूपमा घोषणा गर्न सक्नेछन् । यस विषयमा गत महिनाको वार्तामा पनि चर्चा भएको योन्हापले जनाएको छ । उनीहरुबीच सीमावर्ती पोस्टमा तैनाथ सैनिक र उपकरणलाई परीक्षणका रुपमा हटाउने विषयमा दक्षिण कोरियाले राखेको प्रस्तावमाथि पनि छलफल हुने सम्भावना रहेको छ । दक्षिण कोरियाले डिएमजेडमा करिब ६० वटा सैनिक पोस्ट स्थापना गरेको छ, जबकी उत्तर कोरियाली एक सय ६० वटा त्यस्ता पोस्ट खडा गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.