![]()
एजेन्सी । नेदरल्याण्ड्समा जारी ऐतिहासिक एकदिवसीय क्रिकेट प्रतियोगितामा नेपालका लागि तेस्रो विकेट युवा लेग स्पिनर सन्दिप लामिछानेले लिए।
सन्दिपले १२.२ ओभरमा नेदरल्याण्ड्सका स्टेफन माइवर्गलाई बोल्ड आउट गराएका छन्। माइवर्ग ३२ बलमा ४ चौंका र १ छक्काको मद्दतमा २९ रन जोड्दै आउट भएका हुन्।
नेपाललाई चौंथो विकेट कप्तान पारसले दिलाएका छन्। उनले नेदरल्याण्ड्सका वेस्ले बरेसीलाई १६.१ ओभरमा क्याट आउट गराए। पारसले गरेको बलिङमा आरिफ शेखले क्याच गरेपछि बरेसी २२ बलमा १ चौंकाको सहायतामा १२ रन बनाउदै पभेलियन फर्किए। यसअघि पारसले दोस्रो विकेटका रुपमा ब्रेन कुपरलाई एलबिडब्लु आउट गराएका थिए।


