Breaking News.... EverestOnlineKhabar
August 16, 2026

Loading

एजेन्सी।  घट्दो सेयर मूल्यका कारण दक्षिण कोरियाका प्रमुख १० ठूला कम्पनीको बजार मूल्यमा यसवर्ष ठूलो गिरावट आएको तथ्याँक सार्वजनिक भएको छ ।

कर्पोरेट विवरणको विश्लेषण गर्ने चाबुल डट कमका अनुसार, सूचीकृत प्रमुख १० कम्पनीको संयुक्त बजार मूल्य मङ्गलबारसम्म ८१४ अर्ब डलर (९१३ खर्ब वन) मा झरेको छ । यो यही वर्ष जनवरी २ तारिखको तुलनामा ६ प्रतिशतको गिरावट (५८ खर्च वन) हो ।

कोरियाको पहिलो नम्बरमा रहेको कम्पनी सामसुङ ग्रुपको बजार मूल्यमा ७ प्रतिशतको गिरावट आएको छ भने दोस्रो ठूलो कम्पनी हुन्डाई मोटर ग्रुपको बजार मूल्य ६.७ प्रतिशतले घटेको छ । तेस्रो ठूलो कम्पनी एसके ग्रुपको भने यस अवधिमा २.२ प्रतिशतको झिनो वृद्धि देखिएको छ । एलजी ग्रुपको बजार मूल्यमा १२.८ प्रतिशतले कमी आएको छ ।

सेयर बजारका विश्लेषकहरुले संयुक्तराज्य अमेरिका र चीनबीच चर्किदै गएको व्यापारिक द्वन्द्वका कारण दक्षिण कोरियाली कम्पनीको सेयर मूल्यमा नकारात्मक प्रभाव परेको बताएका छन् । कोरियाली कम्पनीको मूख्य बजार र व्यापारिक साझेदार नै यी दुई मुलुक रहेकाले पनि सेयर बजार ओरालो लागेको अनुमान गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.