Breaking News.... EverestOnlineKhabar
August 16, 2026

मेक्सिकोमा उडेको पाँच मिनेटमै बिमान दुर्घटना, सबै १०१ जना सकुशल

Loading

बीबीसी ।  मेक्सिकोको डुरान्गो राज्यको राजधानी नजिकै विमान दुर्घटना भएको छ । १०१ जना रहेको विमान दुर्घटनाग्रस्त भए पनि कसैको पनि ज्यान नगएको डुरान्गोका गभर्नर जोसे एइस्पुरोले पुष्टि गरेका छन् ।

उनले ट्वीट गरेर विमानमा रहेका १०१ मध्ये ८५ जना घाइते भएको जानकारी दिएका छन् । घाइते मध्ये दुईजनाको अवस्था गम्भीर रहेको छ । एरोमेक्सिकोको फ्लाइट नम्बर एएम २४३१ को विमान डुरान्गोमा रहेको गुएडालुपे भिक्टोरिया अन्तर्राष्ट्रिय विमानस्थलबाट मेक्सिको सिटीका लागि उडेको थियो ।

विमान उडेको केहीछिनमै दुर्घटनाग्रस्त भएको हो । विमानमा ९७ यात्रु तथा चालक दलका चार सदस्य थिए । घाइते भएका मध्ये ३७ जनालाई अस्पताल भर्ना गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.