Breaking News.... EverestOnlineKhabar
August 17, 2026

५ वर्षभित्र बालश्रम र श्रम शोषणको अन्त्य : मन्त्री विष्ट

Loading

काठमाडौं।  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोर्कण विष्टले बालश्रम सभ्य समाजको कलंक भएको बताएका छन्।  श्रम मन्त्रालयमा सोमबार आयोजित इँटा उद्योगबाट बालश्रम अन्त्य घोषणा कार्यक्रममा बोल्दै मन्त्री विष्टले नेपालबाट अबको ५ वर्षभित्र बालश्रम र श्रम शोषणको अन्त्य गर्ने बताए।

विगतमा आन्तरिक श्रम बजारभित्र काम गर्ने श्रमिकले सम्मान नपाएका कारण वैदेशिक रोजगारीमा युवा जाने क्रम बढेको मन्त्री विष्टको भनाइ थियो। उनले भने, ‘अब श्रम मन्त्रालयले श्रमिक र राम्रा रोजगारदातालाई एउटै नजरले हेर्छ। आन्तरिक श्रम बजारमा काम गर्ने श्रमिकका परिवार र सन्तानलाई शिक्षा, बीमा र स्वास्थ्य लगायतका सुविधा दिइनेछ। सबै श्रमिकलाई एक वर्षभित्र सामाजिक सुरक्षा कोषको दायराभित्र ल्याउने प्रयास गरिनेछ।’

मन्त्री विष्टले बाल श्रम, हलिया प्रथा र श्रम शोषणको विरुद्ध मन्त्रालयले अभियान चलाउने बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.