Breaking News.... EverestOnlineKhabar
May 11, 2026

Loading

काठमाडौं ।  नेपालका लागि जापानका राजदुत मासामिची साइगोले परिवर्तित अवस्थामा नेपालको आर्थिक र व्यापारिक अवस्था सुदृढ गर्नलाई जापानले थप लगानीमा जोड दिने बताएका छन । नेपाल चेम्बर अफ कमर्सले नवनियुक्त राजदुत साइगोको स्वागतमा गरेको “जापान–नेपाल आर्थिक सम्बन्ध“ बिषयक छलफल कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन ।

नेपालले सन् २०२० लाई “नेपाल भ्रमण बर्ष“ को रुपमा मनाउन गैरहेकोले यस सम्बन्धि नेपाल सरकारको लक्ष्य पूरा गर्न जापानले पर्यटन क्षेत्रमा टेवा पुग्ने गरि आफ्ना नागरिकलाई नेपाल भ्रमण गर्न आह्वान गरिने जानकारी उनले दिए ।

नेपालको आर्थिक बिकासको लागि उत्पादन र बजारीकरणमा आफ्नो देशले हासिल गरेको अनुभव नेपाली उद्योगी व्यवसायीहरुसंग आदान प्रदान गर्ने वातावरण तयार गर्न आफुले सघाउने कुरा पनि राजदुत साइगोले जोड दिए ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठले महत्वपूर्ण समयमा राजदुत नेपालको लागि नियुक्त भएकाले उनको कार्यकालमा नेपाल जापान आर्थिक सम्बन्ध नयाँ उचाईमा पुग्ने बिश्वास व्यक्त गरे ।  नेपालमा स्थिर सरकार बनेको समयमा भएको उनको नियुक्तिले नेपाल र जापानबिचको व्यापारिक सम्बन्ध नविन तरिकाले अगाडी बढ्ने आशा नेपाली व्यवसायीहरुले गरेको अध्यक्ष श्रेष्ठले बताए ।

विशेषगरी नेपाली र जापानी व्यवसायीहरुबीच प्राबिधिक सहकार्य, दुई पक्षीय सम्मेलनको आयोजना, जनस्तरको सम्बन्ध अझै मजबुत पार्न दुवै देशका ब्यापारिक क्षेत्रको भ्रमण आदान प्रदान, क्षमतावन युवा स्कलरहरुलाई अहिलेदेखि नै दुइ पक्षीय ब्यापारको क्षेत्रसंग सम्बन्धित ’थिंक ट्यांक’मा आबद्ध पार्दै लैजानुपर्ने र बदलिदो परिबेशमा दुई पक्षीय व्यापारमा नविन आयामहरु थप्दै अघि बढ्नुपर्ने आवश्यकता समेत श्रेष्ठले औंल्याए ।

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीहरु, सदस्यहरु र जापानी दुतावासका उच्चस्तरीय कुटनीतिक मण्डलको सहभागिता थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.