![]()
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल र चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग उपमन्त्री वाङ या चिङबीच भेट वार्ता भएको छ । सोमबार बिहान नेकपा अध्यक्ष निवास खुमलटारमा भएको भेटमा दाहालले कम्युनिष्ट पार्टीहरुको एकताले जनतामा आशा जगाएको चिनियाँ उपमन्त्री चिङलाई जानकारी गराएका थिए ।
अध्यक्ष दाहालले चीनको द्रुत आर्थिक विकास नेपालका लागि प्रेरणको स्रोत भएको पनि बताए । “नेपालको आर्थिक विकासमा चीन सरकार, चिनियाँ कम्युनिष्ट पार्टी र जनताको निरन्तर सहयोग रहेको छ,” दाहालले उपमन्त्री वाङसँग भने, “आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा गरेका छौं । नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध छ । म प्रधानमन्त्रीका रुपमा पहिलो पटक चीन जाँदा कनेक्टिभिटीको कुरा उठाएको थिएँ, अहिले कार्यान्वयनको प्रक्रियामा जाँदैछ, खुशी लागेको छ ।”
भेटमा उपमन्त्री चिङले राष्ट्रपति शी जिन पिङको न्यानो अभिभावदन रहेको सुनाउँदै कम्युनिष्ट शक्तिहरुको एकतालाई बधाई दिएका थिए । उपमन्त्री चिङले चीन र नेपालको प्रगतिको लागि सहयोेग गर्न सदैव तयार रहेको समेत बताए ।


