Breaking News.... EverestOnlineKhabar
May 11, 2026

Loading

चितवन । कांग्रेस निकट कानुन व्यवसायीहरुको संगठन नेपाल डेमोक्र्याटिक्स लयर्स एशोसियसन डीएलएको १० औँ राष्ट्रिय अधिवेशनबाट योगेन्द्र बहादुर अधिकारी अध्यक्ष चुनिएका छन् । उनी सिटौला समूहका हुन् । उनले निकटतम प्रतिद्धन्दी रामचन्द्र पौडेल समूहका सीताराम केसीलाई पराजित गरे । देउवा समूहका रामकुमार श्रेष्ठ पुछारमा रहे ।   अधिकारीले ४३१ मत ल्याउँदा केसीले ३३४ मत ल्याए । यस्तै श्रेष्ठले मात्र ४२ मत ल्याए ।
अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा सुरेश कुमार, महिला उपाध्यक्षमा सुष्मा बाँस्कोटा विजयी हुँदा महासचिवमा लक्ष्मीदेवी रावल, कोषाध्यक्षमा सुधा खतिवडा कोइराला, सचिवमा खड्कबहादुर क्षेत्री र महिला सचिवमा विष्णु वस्याल निर्वाचित भएका छन् ।
यस्तै  प्रदेश उपाध्यक्षतर्फ १ मा मुरारी खनाल,  २ मा राजन दाहाल, ३ मा राजु कटवाल, गण्डकीमा फणिन्द्र कोइराला,  ५ मा गोर्कणसिंह थापा,  कर्णालीमा खड्का सिजापति र र ७ मा बीरबहादुर जेठारा निर्वाचित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.