Breaking News.... EverestOnlineKhabar
June 26, 2026

Loading

एजेन्सी ।  सलमान खानको मुख्य अभिनयमा बन्न लागेको फिल्म ‘भारत’बाट अभिनेत्री प्रियंका चोपडा बाहिरिएकी छिन्। प्रियंका फिल्म ‘भारत’बाट बाहिरिएको कुरा निर्देशक अलि अब्बासाले सार्वजनिक गरेका हुन्।

करिब २ वर्षपछि बलिउडमा फर्किन लागेकी प्रियंकाले फिल्म ‘भारत’मा अभिनय नगर्ने निर्णय गरेकी हुन्। निर्देशक अब्बासाको ट्विट अनुसार प्रियंकाले फिल्म छोड्नुको कारण भने प्रेमी निक जोन्स रहेका छन्।  अब्बासाले आफ्नो ट्विटमा प्रियंकाले जुन कारणले फिल्म छोडेकी हुन् त्यसका लागि बधाईसमेत दिएका छन्। उनले प्रियंकाको सफल जीवनका लागि शुभकामना पनि दिएका छन्।

भारतीय सञ्चारमाध्यमका अनुसार प्रियंकाले अाफ्नाे ३६अाैं जन्मदिनकाे अवसर पारेर केही दिनअघिमात्र प्रेमी जाेन्ससँग ‘इन्गेजमेन्ट’ गरेकी छिन्।  प्रियंका र निक अाउँदाे अगस्टमा विवाह बन्धनमा बाँधिदै छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.