Breaking News.... EverestOnlineKhabar
June 26, 2026

गुह्येश्वरी पूर्व बिद्यार्थी समाजद्वारा १५६ बिद्यार्थीलाई शैक्षिक सामग्री बितरण

Loading

काठमाडौं । गुह्येश्वरी पूर्व बिद्यार्थी समाजले बिपन्न तथा जेहेन्दार १५६ बिद्यार्थीलाई शैक्षिक सामग्री बितरण गरेको छ । काठमाडौंमा एक समारोहकाबीच नर्सरीदेखि कक्षा १० सम्मका बिद्यार्थीलाई झोला, प्रत्येकलाई १ दर्जन कापी र कलम वितरण गरिएको हो ।

समाजले बिगत ३ बर्ष देखि ‘बिद्यालय र बिद्याार्थीको लागि’ भन्ने नारालाई आत्मसाथ गर्दै शैक्षिक, जनचेतनामूलक तथा ब्यक्तित्व बिकासका कार्यक्रम गर्दै आएको छ ।

समाजका अध्यक्ष चेतन न्यौपानले आफूहरुको सहयोग बिद्यार्थीहरुका लागि प्रेरणा भएको बताउनुभयो । समाजको सहयोगले बिद्यार्थीहरुको हौसला अभिबृद्धिमा मद्धत पुग्ने उहाँले बताउनुभयो ।

गुहेश्वरीमा पढेका र हाल देश बिदेशमा रहेका बिभिन्न बिद्यार्थीहरुको सहयोगमा कार्यक्रम गरिएको थियो । चेतन न्यौपाने, सुदिप शिबभक्ती, भाबेस अधिकरी र सर्मिला भण्डारीको सयोजकत्वमा गठित मुल समारोह समितीले कार्यक्रम आयोजना गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.