![]()
बीबीसी । म्यानमारमा आएको बाढीका कारण हजारौँ विस्थापित भएका छन्। बाढी प्रभावितहरूलाई स्वयमसेवक तथा उद्धारकर्ताहरूले राहत तथा सहयोग उपलब्ध गराइरहेका छन्।
अत्याधिक वर्षापछि आएको बाढीले कारेन र मोन प्रदेश तथा बागो क्षेत्र डुवानमा परेको स्थानीय प्रहरी अधिकारीहरूले जानकारी दिएका छन्। ‘हपा अनका करिब ६ हजार जना विस्थापित भएका छन् भने म्यावाडीबाट ४ हजार जना विस्थापित भएका छन्,’ कारेन प्रदेशका प्रहरी प्रमुख कि लिनले बताए।
थाइल्यान्डसँगको सिमा क्षेत्रमा पर्ने अरु ठाउँहरूमा पनि बाढीको प्रभाव परेको जनाइएको छ। म्यानमारको समाजकल्याण मन्त्रालयले झण्डै १६ हजार जना विस्थापित भएको जनाएको छ। करेना प्रदेशको आठ ठाउँका बासिन्दा बढी प्रभावित भएको प्रहरी अधिकारीहरूको भनाई छ।


