Breaking News.... EverestOnlineKhabar
June 26, 2026

पाकिस्तानः विपक्षी समूहद्वारा चुनावी नतिजा अस्वीकार

Loading

बीबीसी । पाकिस्तानमा राजनीतिक पार्टीहरूको एउटा समूहले बुधवारको आमचुनावको परिणामलाई अस्वीकार गरेको छ। उक्त चुनावी परिणाम अनुसार पूर्वक्रिकेट खेलाडी इमरान खान ठूलो दलसहित प्रधानमन्त्री हुने देखिएको छ। तर प्रतिद्वन्द्वी पार्टीहरूले चुनावमा धाँधली भएको आरोप लगाएका छन्।

चुनावमा धाँधली भएको आरोप लगाइए पनि इमरान खानको पार्टीको आकारले थुप्रै पर्यवेक्षकहरूलाई नै चकित पारेको संवाददाताले बताएका छन्। ती पार्टीहरूको संयुक्त छलफलपछि इस्लामाबादमा एक पार्टी नेताले आफूहरू पुन: निर्वाचनको माग गर्दै आन्दोलन गर्ने बताएका छन्। प्रतिद्वन्द्वी पार्टीमा पूर्व सत्तारुढ दल पीएमएल-एन पनि छ, जसले यसअघि आफू विपक्षमा बस्न तयार रहेको बताएको थियो।

भ्रष्टाचारको मुद्दामा दोषी ठहर भइ जेलमा रहेका पूर्वप्रधानमन्त्री नवाज शरिफका भाइ शहबाज शरिफले पार्टीले संसद् बहिष्कार गर्ने वा नगर्ने भन्ने निर्णय हुन बाँकी रहेको बताएका छन्।

पत्रकार सम्मेलनमा शरिफकै छेउमा बसेका एमएमए पार्टीका नेता तथा प्रवक्ता मौलाना फजालुर रहमानले फेरि चुनाव गराउनका लागि आफूहरू आन्दोलन गर्ने र प्रदर्शनहरू हुने बताएका छन्। एक दर्जनभन्दा बढी पार्टीका नेताहरूले चुनावपछि एउटा संयुक्त रणनीति बनाउनका लागि उक्त पत्रकार सम्मेलन गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.