Breaking News.... EverestOnlineKhabar
June 26, 2026

Loading

बीबीसी ।अमेरिकाको एउटा प्रमुख टेलिभिजन नेटवर्क सीबीएसका निर्देशकहरूले यौन दुर्व्यवहारबारे सो संस्थाका प्रमुख कार्यकारीमाथि लगाइएका आरोपबारे आफूहरूले अनुसन्धान गर्ने बताएका छन्। लेज मून्भेसले आफूहरूमाथि यौन दुर्व्यवहार गरेको ६ जना महिलाले न्यू योर्कर म्यागजिनलाई बताएका छन्।

त्यसैगरी अभिनेत्री इलियाना डग्लससहित चारजनाले बैठकका दौरान आफूहरूलाई मून्भेसले जबरजस्ती छोएको अथवा चुम्बन गरेको आरोप लगाएका छन्। एक लेखमा समाविष्ट एउटा विज्ञप्तिमा ६८ वर्षीय मून्भेसले आफ्नो कारणले केही महिलाहरूलाई ‘असहज भएको’ स्वीकारेका छन्। तर यौन दुर्व्यवहार गरेको आरोप चाहिँ उनले अस्वीकार गरेका छन्।

उनले भनेका छन्, “त्यो गलत थियो र त्यसका लागि म एकदमै प्रायश्चित्त गर्छु। तर मैले सधैँ बुझ्ने गरेको छु र सम्मान गरेको छु।”

यौन दुर्व्यवहार

“मैले कसैको जागिरमा क्षति पुर्‍याउन अथवा तगारो हाल्न आफ्नो पदको कहिल्यै दुरुपयोग गरेको छुइनँ।” एउटा वक्तव्यमा सीबीएसले मून्भेसमाथि लगाइएका आरोपबारे अध्ययन गरिरहेको र ‘उपयुक्त कदम चाल्ने’ जनाएको छ।

हलिवूड चलचित्रका निर्माता हार्भी वाइन्स्टिनले यौन दुर्व्यवहार गरेका रिपोर्टहरू बाहिर ल्याएकोमा यस वर्षको पुलित्जर पुरस्कार पाएका रोनन फ्यारोले पछिल्लो समाचार प्रकाशमा ल्याएका हुन्। मून्भेसले यौन दुर्व्यवहार गरेको भनिएका केही घटना २० वर्षभन्दा पहिले भएको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.