![]()
रसुवा,साउन ।
अविरल वर्षापछिको पहिरोले प्रहरी पोस्ट र होटल पुर्दा रसुवामा १० जना बेपत्ता भएका छन् । १२ जना घाइते छन् । पहिरोेले टमुरे प्रवेशद्वारमा रहेको अस्थायी प्रहरी पोष्ट र त्यस वरपर सञ्चालनमा रहेका होटल तथा अस्थायी घर पुरेको हो ।
रसुवाका प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले टिमुरे प्रवेशद्वारमा रहेको अस्थायी प्रहरी पोष्टसँगै आसपासका घरमा राति बास बसेका १२ जना पहिरोमा परेर घाइते भएका जानकारी दिए । १० जना सम्पर्कविहीन रहेको प्रजिअ पौडेलले जानकारी दिए ।
घटनास्थलमा उद्धार तथा खोजी कार्य जारी रहेकाले यकिन विवरण आइनसकेको उनले बताए । उनले भनेः‘घटनास्थलमा सुरक्षाकर्मी परिचालन गरेर खोजी तथा उद्धार कार्य गरिरहेका छौं,विस्तृत विवरण आउन अझै केही समय लाग्छ ।’

