Breaking News.... EverestOnlineKhabar
June 4, 2026

Loading

रसुवा,साउन ।
अविरल वर्षापछिको पहिरोले प्रहरी पोस्ट र होटल पुर्दा रसुवामा ४ जनाको ज्यान गएको छ । ११ जना सम्पर्कविहीन छन् भने ४ जना घाइते भएका छन् । पहिरोले टमुरे प्रवेशद्वारमा रहेको अस्थायी प्रहरी पोष्ट र त्यस वरपर सञ्चालनमा रहेका होटल तथा अस्थायी घर पुरेको हो ।
रसुवाका प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले टिमुरे प्रवेशद्वारमा रहेको अस्थायी प्रहरी पोष्टसँगै आसपासका घर तथा होटल पुरिँदा अहिलेसम्म ४ जनाको ज्यान गएको र ११ जना सम्पर्कविहिन भएको जानकारी दिए ।
बजार क्षेत्र भएकाले स्थानीयका अलावा अन्य यात्रु, यातायात व्यवसायीको मृत्यु भएको हनुसक्ने प्रजिअ पौडेलको अनुमान छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed