Breaking News.... EverestOnlineKhabar
June 4, 2026

सरकार र डा. केसी पक्षबीचको वार्ता असफल, सरकार असंवेदनशील भएको केसी पक्षको आरोप

Loading

काठमाडौं ।  २६ दिनदेखि आमरण अनसनरत डा. गोविन्द केसीले उठाएका विभिन्न मागका विषयमा भएको सरकारी प्रतिनिधि र डा. केसीका प्रतिनिधिबीचको वार्ता असफल भएको छ । बुधवार दुईपटक वार्ता भएकोमा कुनै पनि सहमति जुट्न सकेन ।

वार्तापछि डा. केसीका प्रतिनिधि अधिवक्ता सुरेन्द्र भण्डारीले सरकार अति नै असवेदनशील भएकाले वार्ता सफल नभएको बताए । त्यस्तै सरकार डा. केसीका मागका विषयमा विषयगत रुपमा प्रवेश नै गर्न नचाहेको पनि उनले बताए । सरकारले विभिन्न समयमा वार्तामा बोलाउने र झुक्याउने काममात्रै गरेको आरोप पनि उनले लगाए ।

अधिवक्ता भण्डारीले आफ्नो तर्फबाट जतिसक्दो लचकता अपाए पनि सरकार आफ्नो कुरामा अडिग भएको बताए । अब कसरी अगाडि बढ्ने र डा. केसीको अनशन के हुने भन्नेबारे छलफल गरेर निर्णय लिइने उनले जानकारी दिए ।

सरकारले सामान्य राजनीतिक नैतिकतासमेत नदेखाएको आरोप भण्डारीको छ । आफूहरु विधेयक फिर्ताको बटमलाइनबाट पछि हटिसकेको भन्दै उनले संसदमा पेश गरेको विधेयकमा आवश्यक संशोधन गर्नुपर्ने बताए । सरकारी वार्ता टोलीका संयोजक शिक्षा मन्त्रालयका सचिव खगराज बरालले एउटा पक्षले असफल भन्दैमा वार्ता विफल नहेने भन्दै उनले वार्तामा गिभ एण्ड टेक हुने तर्क गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed