Breaking News.... EverestOnlineKhabar
August 17, 2026

अब एनसेलका ग्राहकहरुले प्रति मिनेट २.५४ रुपैयाँ तिर्नुपर्ने

Loading

काठमाडौँ  । मोबाइल सेवाप्रदायक संस्था एनसेलले मंगलबारदेखि लागू हुने गरी सरकारले दूरसञ्चार सेवा शुल्कमा हालै गरेको परिमार्जन अनुरुप परिमार्जन भएको जनाएको छ । कर बाहेकको सेवा शुल्कमा कुनै परिवर्तन नगरिएको तर सरकारले बढाएको करभने ग्राहकले नै तिर्नु पर्ने एनसेलले स्पष्ट पारेको हो । कर बाहेकको सेवा शुल्कमा कुनै फेरबदल नभएको एनसेलले जनाएको छ ।

स्थानीय कलमा लाग्दै आएको कर बाहेकको दर प्रतिमिनेट १.९९ रुपैयाँमा कुनै परिवर्तन नगरे पनि सरकारले बढाएको कर भने यसमा जोडिने एनसेलले जनाएको छ । सरकारले बढाएको कर जोड्दा अब एनसेलका ग्राहकहरुले प्रति मिनेट २.५४ रुपैयाँ तिर्नुपर्नेछ ।

एनसेलले विभिन्न सेवाहरुमा लाग्दै आएको करअघिको मुल्यमा कुनै परिवर्तन नगरी डेटा तथा भ्वाइस सेवामा आफ्ना ग्राहकका नयाँ योजना पनि सार्वजनिक गरेको जनाएको छ ।

नेपाल सरकारले समसामयिक कर असुली ऐन अन्तर्गत गरेको आदेश तथा आर्थिक वर्ष २०७५/७६ को बजेट वक्तव्यमा गरेको घोषणामा भ्वाइस तथा अन्य दुरसञ्चार सेवामा लाग्दै आएको ११ प्रतिशत दुरसञ्चार सेवा शुल्कलाई १३ प्रतिशत कायम गरिएको र इन्टरनेट सेवामा पनि १३ प्रतिशत सेवा शुल्क लगाएको छ ।

सोही बमोजिम एनसेलले करको रकम बृद्धी हुनेभएपनि सेवा शुल्कमा बृद्धी नगरिएको जनाएको हो । सरकारले कर बढाउने निर्णय गरेसँगै एनसेलले आफ्ना ग्राहकहरुको सजिलोका लागि विभिन्न प्याकेजहरु ल्याएको जनाएका छ ।

भ्वाइस, डेटा लगायतका सबै सेवाको नयाँ शुल्क तथा योजनाको बारेमा सबै जानकारीका लागि एनसेलको आफ्नो वेबसाइट भिजिट गर्न पनि ग्राहकहरुलाइ अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.