![]()
काठमाडौं । सरकारबिरुद्ध शृखंलाबद्ध आन्दोलन गर्दै आएको कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले माइतीघरमा सरकारबिरुद्ध कडा प्रदर्शन गरेको छ । सरकारले सर्वसत्तावादी चरित्र देखाएको भन्दै नेबिसंघले मंगलबार दिउँसो माइतीघरदेखि संसद भवन नयाँ बानेश्वरसम्म प्रदर्शन गरेको हो ।
प्रदर्शनकाक्रममा बबरमहरमा प्रहरीले हस्तक्षेप गर्दा केहीबेर झडप भएको थियो । त्यसक्रममा संघका उपाध्यक्ष पुष्प शाही, केन्द्रीय सदस्य सुवास कठायत र मनिष ऐर घाइते भएका छन ।


सरकार कम्युनिस्ट सर्वसत्तावाद लागू गर्नेतर्फ अघि बढेकाले विरोध प्रदर्शन गरेको नेविसंघका अध्यक्ष नैनसिंह महरले बताए । यस्तै, संघका उपाध्यक्ष पुष्प शाहीले जुम्लामा आमरण अनसनरत डा. गोविन्द केसीको जीवन रक्षा गर्नुकोसाटो सरकार पेल्ने नीतिमा गएको आरोप लगाए ।
सरकारको निरंकुश कदमको देशभर सबै बर्ग र तहका नागरिकबाट बिरोध हुँदासमेत सरकारको होश नखुल्नु भनेको अधिनायकवादको सबैभन्दा ठूलो प्रमाण भएको शाहीले बताए ।


