![]()
दोलखा । नेपाल बिद्यार्थी संघ दोलखाले मेलुङ गाउँपालिकास्थित भीम माबि भेड्पुको बिद्यालयको पक्कि भवन बैंकलाई भाडामा दिएर बिद्यार्थीलाई छाप्रोमा राखेर पढाउन थालेपछि आपत्ती जनाएको छ । संघका अध्यक्ष भीमबहादुर खडकाले बिज्ञप्ती जारी गर्दै असार ३२ गते बिद्यालयको पक्कि भवन सानिमा बैंकलाई दिएर बिद्यार्थीको कन्तबिजोग गरेको भन्दै भत्र्सना गरेका छन ।
मेलुङ गाउँपालिकाका प्रमुख, बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष र बिद्यालय प्र्रधानाध्यापकको निजी स्वार्थमा कलिला बिद्यार्थीहरुको भविश्यमाथि खेलवाड गर्दै बिद्यार्थीलार्य चिसो भूँईमा राखेर आर्थिक लाभ हुने काम गरेर राज्यको सम्पत्तीको दुरुपयोग गरेको बिज्ञप्तीमा उल्लेख छ । बिज्ञप्तीमा भनिएको छ, ‘ देशमा दुई तिहाईको कम्युनिष्ट सरकारको आडमा जनबिरोधी गतिविधि गरी तस्करी, भ्रष्टाचार र माफियातन्त्रको एउटा प्रत्यक्ष उदाहरणको रुपमा हामीले यस घटनालाई लिएका छौं । ’

बिद्यार्थीहरुलाई भयरहित वातावरणमा अध्ययन गर्न पाउने नैसर्गिक हकका बिरुद्ध निजी स्वार्थमा गरिएको यस्तो क्रियाकलाप तत्काल फिर्ता लिई जुन परियोजनका लागि भवन निर्माण भएको सोही प्रयोजनमा लगाउन संघले ध्यानाकर्षण समेत गराएको छ । साथै, बैंकलाई पनि व्यवसायिक कामका लागि सरकारी सम्पत्तिको दुरुपयोग नगरी सात दिन भित्र अन्यत्र व्यवस्थापन गर्न संघले आग्रह गरेको छ ।
आफनो आग्रहलाई बेवास्ता गरे बिभिन्न आन्दोलनका कार्यक्रम ल्याउने र त्यसको सम्पूर्ण जिम्मेवारी सम्बन्धित पक्षले लिनुपर्ने चेतावनी पनि संघले दिएको छ ।
बिद्यार्थीलाई सारिएको छाप्रो र बैंकलाई भाडामा दिइएको भवन यस्तो छ :



