Breaking News.... EverestOnlineKhabar
June 28, 2026

अमेरिकी राष्ट्रपति ट्रम्प र रुसका राष्ट्रपति पुटिनबीच भेटवार्ता

Loading

एजेन्सी,असार ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१६ को राष्ट्रपतीय चुनावमा रुसले हस्तक्षेप नगरेको प्रष्टोक्ति दिएका छन् । ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको भेटपछि यस्तो प्रतिक्रिया दिएका हुन् । सन् २०१६ को अमेरिकाको राष्ट्रपति चुनावमा ट्रम्पलाई रुसले साथ दिएको आरोप लाग्दै आएको छ ।
अमेरिकी गुप्तचर संस्थाले पनि यस्तै निष्कर्ष निकालेको थियो । तर यसको बचाउमा लाग्दै आएका ट्रम्पले पुनः रुसले कुनै हस्तक्षेप नगरेको अभिव्यक्ति दिएका छन् । ट्रम्पको तर्क छ– अमेरिकाको चुनावमा रुसले साँठगाँठ गर्नुपर्ने कुनै कारण छैन ।
पुटिनले पनि निरन्तर लाग्दै आइरहेको आरोपको एक कदम अघि बढेर खण्डन गरेका छन् । उनले भनेका छन्– अमेरिकी मामिलामा रुसले कहिल्यै हस्तक्षेप गरेको छैन ।
दई नेताबीच सोमबार फिनल्यान्डको राजधानी हेलसिन्किीमा करिब दुई घन्टा भेटवार्ता भएको थियो । भेटवार्तापछि आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरुले कडा प्रश्न तेर्साएका थिए । ट्रम्पको यस्तो अभिव्यक्तिसँगै उनका आलोचकहरुले कटाक्ष गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.