Breaking News.... EverestOnlineKhabar
June 28, 2026

Loading

काठमाडौ,साउन ।
उपत्यकामा बढ्दो सवारी दुर्घटना न्यूनिकरणका लागि आजदेखि टिपर तथा मालबाहक गाडीमा टाईम कार्ड लागू भएको छ । नयाँ व्यवस्था अनुसार मालबाहक गाडीले प्रतिघण्टा ४० किलोमिटरमात्र गुड्न पाउनेछन् ।
भक्तपुरको साँगादेखि काठमाडौंको कोटेश्वरसम्मको करिब १५ किलोमिटर दुरी ५१ मिनेटमा पार गरिसक्नुपर्नेछ । यसका लागि प्रहरीले सवारी नम्बर सहितको टाईम कार्डको व्यवस्था गरेको छ । कार्डमा छुटेको समय, पुग्ने स्थान र ट्राफिक प्रहरी कार्यालयको छाप हुनेछ ।
टाईमकार्ड अनुसार साँगा–जगाती २० मिनेट, जगाती–ठिमी १७ मिनेट र ठिमी–कोटेश्वर १४ मिनेटमा पुग्नुपर्नेछ । दिउँसो १२ बजेदेखि ३ बजे सम्म र राति ८ बजेदेखि १० बजेसम्म टाईम कार्ड लागु गर्ने महाशाखाले जनाएको छ ।
टिपर, मालबाहक गाडी , बस र माईक्रो बस विस्तारै गुड्ने भएकाले सडकको दुवै तर्फको बायाँ लेन प्रयोग गर्नेछन् । साथै, निजी तथा साना सवारी साधनले सडकको दुवै तर्फको दायाँ लेन प्रयोग गर्नुपर्ने छ ।
मालबाहक बाहेकका अन्य सवारी साधन प्रति घण्टा ६० किलो मिटर गतिमा गुड्नुपर्नेछ । प्रहरीको तथ्यांक अनुसार २०७४ साउनदेखि २०७५ असार मसान्तसम्म यो सडकमा टिपरको ठक्करबाट ९ जनाको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.