![]()
एजेन्सी । इन्डोनेसियाको पश्चिमी पापु प्रान्तस्थित एक गाउँमा गाउँलेहरुले करिब ३०० ओटा गोही मारेका छन् । संरक्षण केन्द्रका गोहीले एकजना स्थानीयलाई मारेको बदलामा यति ठूलो संख्यामा संरक्षित गोही मारिएको हो ।
सरकारी अधिकारी र प्रहरीले गोही मार्नबाट गाउँलेहरुलाई रोक्न नसकेको बताएका छन् । गाउँलेलाई गोहीले मारेपछि शनिबार गाउँलेहरुले गोही संरक्षण केन्द्रमा गएर कार्यालय तोडफोड गर्नुका साथै त्यहाँ रहेको सबै २९२ ओटा गोही मारेका थिए ।
इन्डोनेसियामा संरक्षित प्रजातिका जनावर मार्नु अपराध मानिन्छ र यसविरुद्ध जरिवाना वा कारावास सजायको व्यवस्था छ ।


