Breaking News.... EverestOnlineKhabar
July 10, 2026

Loading

एजेन्सी । इन्डोनेसियाको पश्चिमी पापु प्रान्तस्थित एक गाउँमा गाउँलेहरुले करिब ३०० ओटा गोही मारेका छन् । संरक्षण केन्द्रका गोहीले एकजना स्थानीयलाई मारेको बदलामा यति ठूलो संख्यामा संरक्षित गोही मारिएको हो ।

सरकारी अधिकारी र प्रहरीले गोही मार्नबाट गाउँलेहरुलाई रोक्न नसकेको बताएका छन् । गाउँलेलाई गोहीले मारेपछि शनिबार गाउँलेहरुले गोही संरक्षण केन्द्रमा गएर कार्यालय तोडफोड गर्नुका साथै त्यहाँ रहेको सबै २९२ ओटा गोही मारेका थिए ।

इन्डोनेसियामा संरक्षित प्रजातिका जनावर मार्नु अपराध मानिन्छ र यसविरुद्ध जरिवाना वा कारावास सजायको व्यवस्था छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed