Breaking News.... EverestOnlineKhabar
July 10, 2026

निषेधाज्ञा जारी गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

Loading

काठमाडौं । सर्वोच्च अदालतले माइतीघर मण्डलासहित सरकारले विरोध प्रदर्शनका लागि निषेधाज्ञा जारी गर्ने निर्णय कार्यान्वयन नगर्न यसअघि सरकारलाई दिएको आदेशलाई निरन्तरता दिएको छ । मुद्दाको टुंगो नलागेसम्म अब सरकारले उक्त क्षेत्रमा निषेधाज्ञा जारी गर्न पाउनेछैन ।  ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको इजलासले यस्तो आदेश जारी गरेको हो ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दायर गरेको रिटको सुनुवाई गर्दै सर्वोच्चले यस्तो आदेश दिएको हो । उनको पक्षमा बद्रीबहादुर कार्की, हरिहर दाहाल, शम्भु थापा, इन्द्र अर्याल, अनन्तराज लुईँटेल लगायतले बहस गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed