![]()
काठमाडौँ । साहित्यकारहरुका साथ केवलकार चढेर चन्द्रागिरि उक्लेका प्रधानमन्त्री केपी शर्मा ओलीले कविता कोरेका छन् । चन्द्रागिरीमा पत्नी राधिका शाक्यलाई छेउमै राखेर लेखिएको कवितामा मरेपछि पनि सपना देख्न पाउँ भन्ने मूलभाव रहेको छ । उनले कविताको शीर्षक भने लेखेका छैनन् ।
अोलीले सपना मात्रै देखाएको काम गर्न नसकेको आरोप लागेको छ । उनले कवितामार्फत त्यसको जवाफ दिने कोशिस पनि गरेका छन् । दुनियाँमा अजम्बरी कोही नभएको उल्लेख गर्दै उनले जिन्दगी बाँचुञ्जेल राम्रो बनाउनुपर्ने भाव व्यक्त गरेका छन् ।
यस्तो छ प्रधामन्त्री ओलीले लेखेको कविता :
परिवर्तनशील दुनियामा सँधै बाँचेको को छ र ?
बाँचुञ्जेल हो जिन्दगी मर्नु त छँदैछ ।
मरेपनि केही छैन त्यसपछि पनि सपना देख्न पाउँ
सगरमाथा मुनि मेची महाकाली
हाम्रा लहलह खेतबारी झपक्क कान्ला र आली
सपनामा भएपनि देख्न पाउँ
चन्द्रागिरीको डाँडामा आएर सपनामा
भावी सन्तति मुस्कुराएको देख्न पाउँ
तिनको हँसिलो मुहारको तस्वीर खिच्न पाउँ
मरेपनि केही छैन त्यसपछि पनि सपना देख्न पाउँ


