Breaking News.... EverestOnlineKhabar
October 2, 2026

Loading

काठमाडौँ । साहित्यकारहरुका साथ केवलकार चढेर चन्द्रागिरि उक्लेका प्रधानमन्त्री केपी शर्मा ओलीले कविता कोरेका छन् । चन्द्रागिरीमा पत्नी राधिका शाक्यलाई छेउमै राखेर लेखिएको कवितामा मरेपछि पनि सपना देख्न पाउँ भन्ने मूलभाव रहेको छ । उनले कविताको शीर्षक भने लेखेका छैनन् ।

अ‍ोलीले सपना मात्रै देखाएको काम गर्न नसकेको आरोप लागेको छ । उनले कवितामार्फत त्यसको जवाफ दिने कोशिस पनि गरेका छन् । दुनियाँमा अजम्बरी कोही नभएको उल्लेख गर्दै उनले जिन्दगी बाँचुञ्जेल राम्रो बनाउनुपर्ने भाव व्यक्त गरेका छन् ।

यस्तो छ प्रधामन्त्री ओलीले लेखेको कविता :

परिवर्तनशील दुनियामा सँधै बाँचेको को छ र ? 
बाँचुञ्जेल हो जिन्दगी मर्नु त छँदैछ । 
मरेपनि केही छैन त्यसपछि पनि सपना देख्न पाउँ
सगरमाथा मुनि मेची महाकाली 
हाम्रा लहलह खेतबारी झपक्क कान्ला र आली 
सपनामा भएपनि देख्न पाउँ 
चन्द्रागिरीको डाँडामा आएर सपनामा 
भावी सन्तति मुस्कुराएको देख्न पाउँ 
तिनको हँसिलो मुहारको तस्वीर खिच्न पाउँ 
मरेपनि केही छैन त्यसपछि पनि सपना देख्न पाउँ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed