Breaking News.... EverestOnlineKhabar
August 13, 2026

ब्रेट काभानोग बन्ने भए अमेरिकी सर्वोच्च अदालतका न्यायाधीश

Loading

बीबीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सर्वोच्च अदालतको रिक्त न्यायाधीश पदका लागि ब्रेट काभानोगलाई नियुक्त गर्न प्रस्ताव गरेका छन् । ट्रम्पले  काभानोगलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित गर्दै उनको प्रशंसा गरे । ट्रम्पले काभानोग उत्कृष्ट न्यायाधीश रहेको बताए ।

काभानोग अहिले कोलम्बिया पुनरावेदन अदालतका न्यायाधीश हुन् । उनले पूर्व राष्ट्रपति जर्ज डब्लु बुसको सल्लाहकारको रुपमा पनि काम गरेका थिए ।

काभानोगको नियुक्तिले अमेरिकामा अहिले विवादका रहेका गर्भपतन, बन्दुक नियन्त्रण, आप्रबासी सम्बन्धी मुद्दासहितका गम्भीर न्यायीक विषयको निर्णयमा प्रभाव पार्ने विश्लेषण गरिएको छ ।

राष्ट्रपतिको जिम्मेवारी सम्हाले यता सर्वोच्च अदालतमा ट्रम्पको यो दोस्रो नियुक्त बन्दैछ । ५३ वर्षका काभानोगको न्यायीक विगत कन्जरभेटिभ रहेको छ ।

ट्रम्पले काभानोगको प्रचलित कानुन प्रतिको प्रतिवद्धता र त्यस अनुसारको न्यायीक इतिहास रहेको भन्दै प्रशंसा गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed