![]()
चितवन । चीनलाई उपहार पठाउन लागिएका गैंडा भद्र र रुपसीको जोडीलाई चितवनबाट बिदाई गरिएको छ। असार २८ गते काठमाडौंबाट चीन पठाईने जोडीलाई चितवनबाट काठमाडौं पठाईएको हो। फलामको फ्रेममा फलेक लगाएर बनाईएको खोरमा राखेर ट्रकबाट काठमाडौं पठाईएको छ।
भाले गैंडा भद्रलाई ना ५ ख ७९९६ र पोथी गैंडा रुपसीलाई ना ७ ख १२७० नम्बरको ट्रकमा राखेर काठमाडौं पठाईएको छ। काठमाडौं लैजानको लागि मंगलबार बिहान खोरमा राखिएको थियो। दिउँसो एक्साभेटरको मद्दतले गैंडा सहितको खोरलाई ट्रकमा राखिएको थियो। गैंडा सहित चितवनबाट पाँच जनाको टीम चीन जाने छन । पशु चिकित्सक, प्राविधिक र गैंडाको हेरचाहमा खटिएका तीन जना वाईल्डलाईफ टेक्निसियन पनि चीन जाँदैछन्।
नेपाल सरकारले २०७३ को असारमा दुई जोडी गैंडा चीनलाई उपहार दिने निर्णय गरेको थियो। सोही अनुरुप पहिलो चरणमा एक जोडी उपहार पठाउन लागिएको हो।


