Breaking News.... EverestOnlineKhabar
June 28, 2026

ब्रिटेनमा राजनीतिक संकट गहिरियोःविदेशमन्त्रीले पनि दिए राजीनामा

Loading

एजेन्सी,असार ।
२४ घण्टाभित्र ब्रिटेनका तेस्रो मन्त्रीले पनि राजीनामा दिएपछि प्रधानमन्त्री थेरेसा मे नेतृत्वको सरकार संकटमा परेको छ। ब्रेक्जिट मन्त्री डेभिड डेभिस, जुनियर ब्रेक्जिट मन्त्री स्टिभ बेकरले राजीनामा दिएलगत्तै विदेशमन्त्री बोरिस जोनसनले पनि राजीनामा दिएका छन् । डेभिड डेभिस ब्रेक्जिटका मुख्य वार्ताकार हुन् ।
ब्रिटेनकी प्रधानमन्त्री थेरेसा मे को ब्रेक्जिट रणनीतिको कारण मन्त्रिपरिषद्मा मतभेद चुलिएको छ । ब्रिटेन युरोपेली संघबाट अलग हुने दिन नजिकिइरहेको बेला प्रधानमन्त्री थेरेसा मेलाई राजनीतिक दबाव बढेको छ ।यही बेला ब्रेक्जिटको क्याम्पेनलाई नजिकबाट नियाल्दै आएका र मन्त्रिपरिषदमा दोस्रो बरियतामा रहेका विदेशमन्त्री बोरिस जोनसनको समेत राजीनामाले प्रधानमन्त्री थेरेसा मेलाई झट्का लागेको छ ।
२०१६ मा ब्रिटेनमा थेरेसा मे सरकारले जनमत संग्रहमार्फत् युरोपेली संघबाट बाहिरिने निर्णय गरेको थियो । यही निर्णयअनुसार २८ सदस्यीय युरोपेली संघबाट ब्रिटेन २९ मार्च २०१९ मा अलग हुँदैछ । तर अझै पनि ब्रेक्जिटपछि ब्रिटेन र युरोपेली युनियनबीचको व्यापार कसरी हुन्छ भन्ने विषयमा सहमति जुटिसकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.