![]()
काठमाडौ,असार ।
नेपालले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको पहिलो शृङ्खला नेदरल्याण्ड्ससँग खेल्ने भएको छ। एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको नेपालले नेदरल्यान्ड्ससँग उसकै मैदानमा पहिलो एक दिवसीय क्रिकेट खेल्ने तय भएको हो । इङ्ल्यान्डको लर्ड्स क्रिकेट मैदानमा जुलाई २९ मा नेपाल, नेदरल्यान्ड्स र मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) बीच एकदिने ट्वेन्टी ट्वेन्टी त्रिकोणात्मक शृङ्खलापछि नेपालले नेदरल्यान्ड्स गएर दुई वटा एक दिवसीय खेल खेल्न लागेको हो।
नेपालले साउन १६ र १८ मा नेदरल्यान्ड्ससँग दुई खेल खेल्ने तय भएको नेदरल्याण्ड क्रिकेट बोर्डले पुष्टी परेको छ। केही महिनाअघि जिम्माम्बेमा सम्पन्न विश्वकप छनोट प्रतियोगिताबाट चार वर्षका लागि एक दिवसीय क्रिकेट खेल्ने हैसियत बनाउन सफल भएको थियो।


