Breaking News.... EverestOnlineKhabar
June 28, 2026

कांग्रेसका पुराना नेताहरुको निष्कर्षः‘नेतृत्व समयमै नसच्चिए अर्को चुनावमा झनै कमजोर’

Loading

काठमाडौ,असार ।
नेपाली कांग्रेसका पुराना नेताहरुले नेतृत्वलाई पार्टी बलियो र मजबुत बनाउन जनतालाई आभाष हुनेगरी एकतावद्ध हुन सुझाव दिएका छन् । काठमाडौंमा सोमबार आयोजित कांग्रेसका पुराना तथा अग्रज नेता एवम् पदाधिकारीहरुबीचको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा उनीहरुले पार्टीमा जनतालाई बोध हुने गरी एकताको खाँचो रहेको औंल्याएका छन् । कांग्रेस केन्द्रीय सदस्य डा.नारायण खड्काको पहलमा आयोजित भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा पुराना नेताहरुले निर्वाचन हार्दैमा हतोत्साहित हुनुपर्ने अवस्था नभए पनि नेतृत्वको बीचमा एकता भने अपरिहार्य रहेको बताएका छन् ।
पूर्वसभामुख समेत रहेका कांग्रेसका पुराना नेता तारानाथ रानाभाटले भनेः‘चुनाव हार्दैमा हतोत्साहित हुन जरुरी छैन् तर पदाधिकारीहरु संगठित हुन जरुरी छ,केन्द्रीय कार्यसमितिमा रहेका नेताहरु जिल्ला–जिल्ला जानुस्, कसरी अगाडि बढ्नुपर्छ भन्ने सुझाव पाउनुहुन्छ,पार्टीलाई बलियो बनाउन सवैले विधि–विधान अनुसार चल्नुपर्छ ।’
पुराना नेताहरुले पार्टी सुदृढीकरणका लागि पदाधिकारीहरुलाई भागबण्डाको राजनीति पनि अन्त्य गर्न सुझाव दिएका छन् । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा कांग्रेस पराजित भएपनि कमजोर भने नभएको समेत बताएका छन् । कांग्रेसका अर्का पुराना नेता ओमकार श्रेष्ठले भनेः‘समूह–समूह बनाएर खसीको मासुझैँ भाग लगाउन छोड्नुस् । नेपाली कांग्रेस कमजोर छैन्, निर्वाचनमा प्रकृयागत हार–जीत त हुन्छ नै ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.