Breaking News.... EverestOnlineKhabar
June 4, 2026

प्रधानमन्त्री ओलीको शीरमा अधिनायकवादको श्रीपेच : नेबिसंघ

Loading

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले सरकारविरुद्ध माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ।
सरकारले तोकेको निषेधित क्षेत्र तोडदै अध्यक्ष नैनसिंह महर नेतृत्वको समूहले सरकार अधिनायकवादको शैलीमा अघि बढेको भन्दै बिरोध जनाएको हो ।

संघले प्रधानमन्त्री ओलीको टाउकोमा श्रीपेचसहितको प्लेकार्ड प्रदर्शन गर्दै तत्काल निरंकुश चरित्र हटाउन माग गरेको छ ।
संघले शेरबहादुर देउवा नेतृत्वको सरकारले ल्याएको चिकित्सा शिक्षा विधेयक जस्ताको त्यस्तै ल्याउनुपर्ने, मूल्यबृद्धि फिर्ता लिनुपर्ने, संस्कृति बिश्वबिद्यालयका उपकुलपति कुलप्रसाद कोइरालामाथि भएको अमानविय व्यवहारप्रति माफी माग्नुपर्ने लगायतका माग राखेको छ ।

प्रदर्शनमा अध्यक्ष महर, उपाध्यक्ष पुष्प शाही लगायत राजधानी भित्र र बाहिरका नेबिसंघ कार्यकर्ताको उपस्थिति थियो ।
प्रदर्शनकाक्रममा केहीबेर प्रहरीसंग धकेलाधकेलसमेत भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed