Breaking News.... EverestOnlineKhabar
June 26, 2026

नेपालगंजमा पूर्वराजा शाहको ७२औं जन्मोत्सव धुमधामसंग मनाइयो

Loading

बाँके। पूर्व राजा ज्ञानेन्द्र शाहले सम्पूर्ण परिवारसहित ७२ औं जन्मदिन शनिबार नेपालगञ्जमा मनाउनुभएको छ । दुईदिनअघि नेपालगञ्ज पुग्नु भएका पूर्व राजाले बिहान बागेश्वरी मन्दिरको दर्शन गर्नुभयो । नेपालगञ्जको राझामा रहेको होटल सोल्टीमा परिवारसहित बस्नुभएका शाहको जन्मदिनमा दर्शनभेट तथा शुभकामनाका लागि बाँके र आसपासका जिल्लाबाट सयौं नागरिकहरु होटल सोल्टीमा जम्मा भएका थिए ।

राप्रपा, राप्रपा प्रजातान्त्रिक, एकीकृत राप्रपालगायत अन्य विभिन्न राजनीतिक दलका नेता, कार्यकर्तासहित सरकारी कर्मचारीहरु लाइनबद्ध भएर पूर्व राजाको जन्मोउत्सव मनाएका थिए ।

पूर्व राजाको दर्शनभेटका लागि लामबद्ध भएका उहाँका समर्थकहरुले ‘राजा आउ देश बचाऔं’ भन्ने नारा समेत लगाएका थिए ।

पूर्व राजाको जन्मदिनमा छोरा पारस, नाती हृद्येन्द्रलगायत राज परिवारका सबै सदस्य उपस्थित भएका थिए ।  पूर्व रानी कोमल, छोरा पारस, छोरी प्रेक्षा, बुहारी हिमानी, नाती–नातिनासहित पूर्व राजा ज्ञानेन्द्र बिहीबार नेपालगञ्ज आइपुग्नुभएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.