Breaking News.... EverestOnlineKhabar
October 2, 2026

Loading

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो बाँकि जीवन मुलुकको विकास, निर्माण र समृद्धिका लागि समर्पित गर्ने घोषणा गरेका छन्। शनिबार प्याब्सनद्धारा काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले निजी–सार्वजनिक–सहकारी क्षेत्रको सहकार्यमा मुलुकलाई समृद्ध बनाउने योजना पनि अघि सारे।

उनले पछिल्ला एक दशक शान्ति र संविधान निर्माणमा आफूले बिताएको उल्लेख गर्दै अव मुलुकको विकास, निर्माण र समृद्धिको लागि जीवन समर्पित गर्ने संकल्प रहेको बताए।  अध्यक्ष दाहालले आफूले मुलुकको इतिहास र राजनीतिक दर्शनको अध्ययन तथा संघर्ष र लडाईमा २ दशक बिताएको पनि स्मरण गरे।  मुलुकको समृद्धिका लागि शिक्षा क्षेत्रमा आवश्यक लगानी भित्रयाउने व्यवस्थासहित संविधान जारी गरिएको दावी पनि उनले गरे।

अध्यक्ष दाहालले नेपालको शिक्षामा निजी क्षेत्रले गरेको मिहिनेतको प्रशंशा गर्दै गुणस्तरीय शिक्षामा अझै जोड दिन पनि आग्रह गरे। अध्यक्ष दाहालले जीवन उपयोगी शिक्षामा सबैले जोड दिनुपर्ने आवश्यक्ता पनि औंल्याए।  उनले शिक्षा, स्वास्थ्य र रोजजारीलाई सर्वसुलभ र सहज बनाउने प्रतिवद्धता पनि व्यक्त गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed