Breaking News.... EverestOnlineKhabar
June 26, 2026

Loading

एजेन्सी । बिश्वकप फुटबल अन्तर्गत शनिवार राती हुने दुईवटा खेलका महत्वपूर्ण खेलाडी यस्ता छन ।  बेलुकी ७:४५ बजे इंग्ल्याण्डले स्विडेनको सामना गर्नेछ भने ११:४५ मा आयोजक राष्ट्र रसिया र क्रोएसियाबीच प्रतिस्पर्धा हुनेछ।

ह्यारी केन (इंग्ल्याण्ड)

विश्वकपमा सर्वाधिक गोल गरेका ह्यारी केनले युवाहरुको वर्चश्व रहेको इंग्ल्याण्डको नेतृत्व गरिरहेका छन्। गोल्डेन बुटका प्रमुख दाबेदार रहेका ह्यारीले रसियामा ६ गोल गरिसकेका छन्।

इमिल फरसबर्ग (स्विडेन)

स्विटजरल्याण्डलार्इ अन्तिम १६ मा पराजित गरेर स्विडेनलार्इ क्वाटरफाइनलमा पुर्याउने नायक हुन् इमिल फरसबर्ग। उनले ६६ मिनेटमा गरेको गोल नै स्विडेनको जितका लागि पर्याप्त बन्यो। बुनडेसलिगामा उत्कृष्ट एट्याकिङ मिडफिल्डरका रुपमा रहेका फरसबर्गमाथि स्विडेनका समर्थकहरुले धेरै आशा राखेका छन्।

इगोर अकिनफिभ, रसिया

स्पेनका कोके र असपासले प्रहार गरेको दुवैको पेनाल्टी रसियाका गोलकिपर इगोर अकिनफिभले बचाएका थिए। आसपासको पेनाल्टी गोलकिपर अकिनफिभले ढलिसकेका बेला खुट्टाले छेकेर बचाएका थिए।

ड्यानिएल सुबासिस क्रोएसिया

गोलकिपर ड्यानिएल सुबासिसले डेनमार्कसँगको खेलमा भएको पेनाल्टी सुटआउटमा ३ पेनाल्टी रोकेपछि क्रोएसिया क्वाटरफाइनलमा प्रवेश गरेको हो। सुबासिसले साइमन जाएर, लास सोएन र निकोलाइ जर्गेनसनको पेनाल्टी रोकेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.