Breaking News.... EverestOnlineKhabar
June 26, 2026

सिन्धुली गढिको संरक्षण गर्न सांसद देवकोटाको माग

Loading

काठमाडौं । सांसद गोमा देवकोटाले ऐतिहासिक महत्वको सिन्धुली गढिको संरक्षणका लागि संसदमा आवाज उठाउनु भएको छ । संसदको बिशेष समयमा बोल्दै सांसद देवकोटाले संरक्षण अभावमा सिन्धुलीगढको इतिहास नै मेटिने स्थिति आएकाले संसदमार्फत सरकारको ध्यानाकर्षण गराउनु भएको हो ।

सांसद देवकोटाले भन्नुभयो, ‘आधुनिक नेपाल निर्माण अभियानको सन्दर्भमा तत्कालिन गोर्खा फौजको बिरुद्धमा लडनको लागि ईस्ट इण्डिया कम्पनिको तर्फबाट कप्तान किनलकको नेतृत्वमा आएका अंग्रेज फौजलाई सामान्य संख्यामा रहेका नेपालीहरुले हराएर ठूलो मात्रामा हातहतियार कब्जा गरि नेपाल एकीकरण गर्नको लागि यो गढी प्रयोग गरेको ईतिहास छ । यहाँ पुराना गढी र दरबार रहेकोमा संरक्षणको अभावमा तिनिहरु अहिले भग्नावशेषमा परिणत भएका छन । अझ उपेक्षा गर्ने हो भने अब अवशेष पनि हराउने छ । ’

सांसद देबकोटाले सिन्धुली गढिको संरक्षणका लागि सिन्धुली गढी बिकास समिती नै बनाउन सरकारलाई सुझाव दिनुभयो । सिन्धुलीगढी ऐतिहासिक पर्यटकिय क्षेत्र पनि भएकाले त्यहाँसम्म पुग्ने बाटोको स्तरोन्नती गरि आवागमनलाई सहज बनाउनु पर्ने धारणा राख्नुभयो ।

हालै सरकारले नेपालभरिका गढिहरुलाई ५० लाख छुट्याएको प्रती ब्यांग्य गर्दै देबकोटाले उक्त पैसा मध्य सिन्धुली गढिको भागमा २ लाख पर्ने र त्यसले त्यहाँ उम्रीएका झारपात र तितेपाती पनि फाँडन नपुग्ने बताउनु भयो । उहाँले सिन्धुली गढिको संरक्षण गर्न सके हजारौंको संख्यामा पर्यटक भित्राएर आम्दानी गर्न सकिने दाबी गनूर््भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.