Breaking News.... EverestOnlineKhabar
June 26, 2026

डा.केसीको जीवन रक्षा माग गर्दै प्रतिपक्ष दल कांग्रेसले जरुरी सार्वजनिक महत्वको प्रस्ताव लैजाने

Loading

काठमाडौ,असार ।
प्रमुख विपक्षी दल नेपाली कांग्रेसले प्रा.डा. गोविन्द केसीको जीवन रक्षा र माग सम्बोधनको मागसहित संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव लैजाने भएको छ । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बोलाइएको छ । बैठकमा सार्वजनिक महत्वको प्रस्ताव लैजान लागिएको कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँडले बताए ।
सरकारले तयार पारेको चिकित्सा शिक्षा विधेयकको कांग्रेसले विरोध गरेको छ र प्राविधिक त्रुटी सच्याउने बाहेक अध्यादेशको हुबहु ल्याउनुपर्ने माग गर्दै आएको छ । डा. केसी ६ दिनदेखि जुम्लामा अनसनमा छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनसन बस्न चाहेपनि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गर्दै पक्राउ गरेको थियो ।
प्रहरी हिरासतमै अनसन बसेका उनलाई प्रहरीले खेलकुद कभर्ड हलमा लगेर छाडेको थियो । त्यहीँ अनसनलाई जारी राखेका उनको स्वास्थ्य कमजोर भएपछि बिहीबार अस्पताल भर्ना गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.