Breaking News.... EverestOnlineKhabar
June 26, 2026

नेयमारलाई सुझाव दिंदै म्यारोडोनाले भने–‘ म रुन चाहन्थे, तर हाँसे’

Loading

एजेन्सी । अर्जेन्टिनी लिजेन्ड डियगो म्याराडोनाले ब्राजिली सुपरस्टार नेमारलाई सुझाव दिएका छन्।  बाइ दि ह्यान्ड अफ द टेन नामको कार्यक्रममा उनले नेमारबारे टिप्पणी गरेका हुन्। मेक्सिकोसितको खेलमा नेमार मैदानमा लडिबुडी खेलेको भिडियो ट्रेन्डिङ भएको थियो।

नेमारलाई भन्नु पर्छ कि हामीलाई रुने बनाउ कि हाँस्ने, म्याराडोनाले कार्यक्रममा भने, जब मेक्सिकन खेलाडीले उनलाई कुल्चे म रुन चाहन्थेँ। तर जब पछि उनी बलसँगै कुदे मलाई हाँस्न मन लाग्यो।

उनले गेम हेरेर मजा लिएको भने स्वीकारे। ‘मलाई मजा लाग्यो किनभने मैले धेरै बलियो ब्राजिली टिम देखेँ जो उपाधितिर अघि बढिरहेको छ, उनले भने, म ब्राजिली कोच टिटेलाई धेरै मन पराउँछु।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.