Breaking News.... EverestOnlineKhabar
June 26, 2026

Loading

एजेन्सी ।  न्यूयोर्कमा हुने मिस नेपाल नर्थ अमेरिका २०१८ को लागि निवेदन दिने अन्तिम २० प्रतियोगीहरूको छनौट सम्पन्न भएको छ । यस पटकको प्रतियोगीहरू उच्च शिक्षा हासिल गरेका ईन्जिनियर, चिकित्सामा समेत अध्ययनरत रहेकाहरू निकै उत्साहित रहेर भाग लिएका छन् ।

प्रतियोगीहरू अगस्त ५ तारिखभित्र न्यूयोर्क आउनेछन् । अगस्त ६ तारिखदेखि तालिममा सबै प्रतियोगीहरूले सहभागिता जनाउने छन् । मिस नेपाल नर्थ अमेरिकाको अन्तिम प्रतियोगिता न्यूयोर्कस्थित मेलरोज बलरुममा अगस्त ११ तारिखमा सम्पन्न हुनेछ । ३५ भन्दा ज्यादा प्रतियोगीहरूको निवेदन प्राप्त भएको र अडिसन स्काईपद्वारा गरिएको आयोजकले जनाएका छन् ।

अन्तिम २० प्रतियोगीहरूमा क्यालिफोर्नियाकी आकृति शाह, क्यानडा मिसीसौगाकी अनुशा अधिकारी, मिचिगनकी भविष्य लामा, अलाबामाकी दिलाशा कोइराला, इन्डियानाकी ज्योति गुरुङ, टेक्ससकी करुणा अधिकारी, पेनसेल्भेनियाकी माया अधिकारी, न्युयोर्ककी मोनिका घले, भर्जिनियाकी पूजा थापा, टोरोन्टो क्यानडाकी प्रतिमा उपाध्याय, न्यूयोर्ककी रिदिका प्रधान रहेका छन् ।

त्यसैगरी, टेक्ससकी संयुक्ता पुरी म्यारिल्याण्डकी सनम थापा, मासाचुसेट्सकी श्रद्धा केसी, भर्जिनियाकी सिम्रन चुडाल, मिनेसोटाकी स्मृति लामिछाने, क्यालिफोर्नियाकी सृजना राई, न्यूयोर्ककी सृजना राना, भ्यानकुवर बृटिश कोलम्बियाबाट सुजाता लामा र मासा चुसेट्सबाट श्वेता लामा छटौट भएका छन् ।

अगस्त ६ तारिखदेखि अगस्त १० सम्म हुने सन् २०१० कि मिस नेपाल सदीक्षा श्रेष्ठले सम्पूर्ण कोरियो ग्राफ सम्बन्धमा तालिम गराउनेछिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.