Breaking News.... EverestOnlineKhabar
June 26, 2026

Loading

एजेन्सी । अष्ट्रेलियाको एक सडकखण्डमा लगाइएको विटुमिन पग्लिएपछि गाडी चलाइएरहेका कयैन चालकहरु आफ्ना गाडी छाड्न बाध्य भए । उनीहरुको गाडीको चक्का अलकत्राले छोपिएर चल्न बन्द भएका थिए । यस घटनामा क्षति भोगेका कम्तिमा ५० गाडी चालकहरुले क्षतिपूर्ति पाउने भएका छन् ।

 

यो घटनाको लागि मौसमलाई जिम्मेबार ठानिएको छ । स्थानीय बासिन्दा डेबोराह स्टासीले लामो चिसो दिनहरु त्यसपछि शुरु भएको वर्षा र हिजोको चर्को गर्मीको संयुक्त असरले मंगलबार सवारी साधनका चक्कामा अलकत्राको ठूलठूला थेग्राहरु टासिएको बताइन् ।

“एक हप्तासम्म गाडीका सिसा चर्किने जाडो भयो …त्यसपछि सूर्य आउनासाथ यस्तो भयोे,” उनले भनिन् । टायरमा अलकत्रा टासिएर कयैन गाडीहरुमा असर परेको छ । यसले गाडीका बम्पर र प्यानेलालाई पनि असर गरेको छ ।

उक्त सडक चर्न सिटीको दक्षिणमा रहेको एथोरटन टेबलल्याण्डमा रहेको छ । सडकमा समस्या आएपछि क्विन्सल्याण्डको डिपार्टमेन्ट अफ ट्रान्सपोर्ट एण्ड मेन रोड(टीएमआर) ले सडकमा यातायात रोकेर आपतकालिन ममर्त ग¥यो ।

टीएमआरले क्षति पुगेका गाडीका ड्राईभरलाई मात्र क्षतिपूर्ति दिइने बताएको छ । उसले सडक बिग्रनुमा वर्षालाई दोपा दियो ।  डिस्ट्रिक डाइरेक्टर स्याण्ड्रा बुर्कले वर्षा र त्यसपछिको तातो मौसमका कारण हप्ता दिन अघि कालोपत्रे गरिएको सडक बिग्रिएको बताइन् ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.