Breaking News.... EverestOnlineKhabar
May 10, 2026

यमनमा बिद्रोही नेतासंगको वार्ता उपलब्धीमुलक : राष्ट्रसंघ

Loading

बीबीसी । यमनको विद्रोही समूहका प्रमुख नेता अब्दुल्ल मालिक अल हुथीसँगको वार्ता उपलब्धिमूलक भएको यमनका लागि राष्ट्रसंघीय प्रतिनिधिले बताएका छन् । विद्रोहीहरूको नियन्त्रणमा रहेको ठाउँमा दुई दिनसम्म विद्रोहीका प्रमुख नेतासँग भएको वार्ताका बारेमा यमनका लागि राष्ट्रसंघीय प्रतिनिधि मार्टीन ग्रिफिथले  जानकारी दिए ।

‘म एकदमै उत्साही छु, सकारात्मक र आशावादी पनि भएको छु, अब अवश्य पनि परिस्थितिले नयाँ मोड लिनेछ’, साना विमानस्थलमा पत्रकारहरूसँग उनले भने ।

उनले भने, ‘म विषेश गरी अब्दुल मालिक अल हुथीप्रति निकै आभारी छु, जसले मलाई भेट्न दिनुभयो र छलफललाई उपलब्धिमूलक बनाउन सहयोग गर्नुभयो ।’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.