Breaking News.... EverestOnlineKhabar
June 26, 2026

नेयमारलाई रोनाल्डोको साथ, रेफ्रिहरुले नेयमारको सुरक्षा गर्न नसकेको रोनाल्डोको आरोप

Loading

एजेन्सी । ब्राजिलका लेजेण्ड रोनाल्डोले नेइमारको बचाउ गरेका छन् । नेइमारमाथि रुसमा जारी विश्वकप फुटबलमा विपक्षी खेलाडीले गरेको सामान्य ट्याकलमा पनि असामान्य प्रतिक्रिया देखाएको भन्ने आरोप लागेको छ ।

तर रोनाल्डोले भने नेइमारको बचाउ गर्दै रेफ्रीहरुमाथि नै उनको सुरक्षा गर्न नसकेको आरोप लगाएका छन् । नेइमारले ‘नाटक’ नगरेको बताउँदै रोनाल्डोले विश्वकपमा रेफ्रीहरुले नै उनलाई मैदानमा हुने अनावश्यक ट्याकलबाट जोगाउन वा बचाउन नसकेको बताएका हुन् ।

नेइमारको सामाजिक सञ्जालमा विभिन्न मेमे बनाएर ट्रोल गरिएका छन् । सन् २००२ मा विश्वकप जितेका रोनाल्डोले नेइमारमाथि लागेका आरोप सबै मिथ्या रहेको भन्दै रेफ्रीकै कमजारी देखिएको बताए ।

बार्सिलोना, इन्टर मिलान तथा रियल मड्रिडका पूर्व खेलाडी रोनाल्डोले पत्रकारसँग भने, ‘नेइमारमाथि भएका सबै आलोचनाको कुनै तुक छैन । नेइमारविरुद्ध भएका सबै आलोचनाको विपक्षमा छु । रेफ्रीहरुले नेइमारलाई चाहिने जति सुरक्षा दिन नसके जस्तो लाग्छ ।’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.