![]()
कैलाली । जिल्लाको लम्किचुहा नगरपालिका २ प्रतापपुरमा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु भएको छ । ३३ वर्षका इन्द्र चौधरीको कुटाइबाट ३२ वर्षकी श्रीमती गर्भा चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु भएपछि श्रीमान इन्द्रले आफ्नी श्रीमती रक्सी सेवन गरेर घर नजिक सडकमा लडदा मृत्यु भएको बताएका थिए । वडाअध्यक्षले जानकारी गराएपछि प्रहरी घटनास्थलमा पुगेको थियो । घटना शंकास्पद लागेपछि प्रहरीले इन्द्रलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।
मृतकका छोराछोरीसंग बुझ्दा बाबुले रक्सी खाएर आमालाई कुटपिट गरेको बताएको प्रहरीले जनाएको छ । घटनाको सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।


