![]()
भक्तपुर । राप्रपा प्राजातान्त्रिकका पार्टीका अध्यक्ष पशुपति शमशेर जबराले सरकार दुईतिहाई बहुमतको दम्भमा अधिनायकवादी बनेको आरोप लगाएका छन् ।
रफत सञ्चार क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा अध्यक्ष राणाले संसदमा गृह मन्त्रीले डाक्टर गोबिन्द केसीप्रति दिएको अभिव्यक्तिले सरकारको अधिनायकबादी चरित्र प्रष्टिएको बताए । उनले जनताको पक्षमा लडिरहेको केसी अधिनाकबादी हुने र जनताको विरोध गर्न पाउने मौलिक अधिकारलाई कुन्ठित गर्ने सरकार लोकतन्त्रबादी हुने भन्दै व्यङ्ग्य गरे ।
वर्तमान सरकारका प्रमुख केपी शर्मा ओलीले सम्पति शुद्धीकरण, राजश्व अनुसन्धान आयोग र राष्ट्रिय अनुसन्धान आयोगलाई प्रम कार्यालय मातहतमा ल्याउन खोज्नु शक्ति केन्द्रीकरण गर्ने अधिनायकवादि प्रबृतिको संकेत भएको बताए ।


